Home Sikkim अरुणाचल प्रदेशको पशुपालन विभागद्वारा लोहित जिल्लाका पशुपालक कृषकहरूको निम्ति स्थलगत तालिम आयोजित

अरुणाचल प्रदेशको पशुपालन विभागद्वारा लोहित जिल्लाका पशुपालक कृषकहरूको निम्ति स्थलगत तालिम आयोजित

195
0

गान्तोक१३ दिसम्बर२०१७आइसीएआर-राष्ट्रिय जैविक खेती शोध संस्थान (एनओएफआरआइ)तादोङद्वारा अरुणाचल प्रदेशको पशुपालन एवं पशुचिकित्सा विभागसँग संयुक्त रूपमा अरुणाचल प्रदेशको लोहित जिल्लाका पशुपालक कृषकहरूलाई १३ दिसम्बरको दिन आइसीएआर-एनओएफआरआइतादोङमा एकदिने स्थलगत तालिम प्रदान गरियोलोहित जिल्लाका वरिष्ठ पशु चिकित्सा अधिकारीको नेतृत्त्वमा २२ जना पशुपालक कृषकहरूले उक्त तालिम लिए|

आइसीएआर-एनओएफआरआइका वरिष्ठ वैज्ञानिक एवं तालिम कार्यक्रमका समन्वयक डा. रफिकुल इस्लामले संस्थानका संयुक्त निर्देशक डा. आरके अवस्थीलगायत अरुणाचल प्रदेशको लोहित जिल्लाका कृषकहरूलाई स्वागत जनाउँदै तालिम कार्यक्रमको उद्देश्यबारे जानकारी दिएतालिम विशेष गरी जैविक खेतीका साथै पशुपालनमा रुचि राख्ने अन्य कृषकहरूलाई तालिम प्रदान गर्न गुरु प्रशिक्षकको रूपमा तालिम प्रदान गर्नुरहेको थियो|

आइसीएआर-एनओएफआरआइका संयुक्त निर्देशक डा. आरके अवस्थीले प्रतिभागीहरूलाई तालिम कार्यक्रममा भाग लिने अवसर पाएकोमा बधाई दिएमानव स्वास्थ्यका साथै आजीविका अवसरहरू सिर्जना गर्नलगायत पर्यावरण प्रदूषण घटाउन र दीर्घगामी सामाजिक विकासको निम्ति जैविक खेतीका साथै पशुपालनको भूमिका र महत्त्वबारे डा. अवस्थीले प्रकाश पारेमाटोको पोषण बढाउन गाई-वस्तुको मलको उपयोगिताबारे अवगत गराउँदै ग्रामीण अर्थनीति बलियो बनाउन घरको करेसोतिर सुँगुर अनि कुखुरा पाल्नुपर्ने कुरामाथि जोड दिए|

वरिष्ठ वैज्ञानिक डा. रफिकुल इस्लामले दूध उत्पादक पशुहरूको गोठआहारका साथै चिकित्सा-उपचार आवश्यकताहरूबारे जानकारी दिएजैविक पशुपालनको सन्दर्भमा स्थानीय प्रजातिका पशुहरूको महत्त्वबारे पनि प्रकाश पारेजैविक दूध उत्पादनको विभिन्न मानकबारे जानकारी दिँदै पशुपालनलाई आर्थिक हिसाबले फाइदाजनक तुल्याउन पोषणका साथै विभिन्न रोगको प्रबन्धन अनि तिनीहरूको प्राकृतिक व्यवहारबारे अवगत हुुन आवश्यक रहेको उल्लेख गर्दै पशुपालनको सम्बन्धमा दुवै एकिकृत साथै विविधता प्रक्रिया अप्नाउन जरुरी रहेको डा. इस्लामले बताएयसका साथै उनले गहिरो खाडलयुक्त खोरमा सुँगुर पालन तथा कुखुरा पालन प्रविधिबारे पनि व्यावहारिक जानकारी दिए|

वरिष्ठ वैज्ञानिक डा. आशीष यादवले कम लागतको प्लास्टिक सुरूङमा बाह्रैमास जैविक साग-सब्जी अनि फल आदि उब्जनी गर्नसकिने जानकारी दिएवैज्ञानिक डा. मातवीर सिंहले जैविक पशुपालनको निम्ति कृषि वन अर्थात् घॉंस-पातका रुखहरूको महत्त्वबारे जानकारी दिएजैविक खेती प्रणालीअन्तर्गत ठूलो अलैंचीको खेती तथा प्रबन्धन प्रविधिबारे पनि अवगत गराएवैज्ञानिक शानकुमार दासले जैविक खेतीमा माटोको समुचित प्रबन्धन तथा विभिन्न जैविक पोषण तत्त्वबारे जानकारी दिएडा. श्‍वेता सिंहले साग-सब्जीका साथै फलहरूमा रोग आदिको जैविक प्रबन्धनबारे जानकारी दिइन्‌यसका साथै विभिन्न रोगको प्रबन्धन गर्न जैविक रूपमा रोगनाशक तयार पार्ने विधिबारे पनि अवगत गराइन्‌यसै गरी वैज्ञानिक डा. चन्द्रमणि राजले साग-सब्जीमा लाग्ने कीराहरूको जैविक प्रबन्धनका साथै व्यावसायिक रूपमा उपलब्ध जैविक कीटनाशकलगायत पारम्परिक विधिबारे जानकारी दिए|

आइसीएआर-एनओएफआरआइको फसल तथा पशुपालन फार्ममा आयोजित प्रदर्शनकारी तालिममा प्रतिभागीहरूले गहन चासो देखाउँदै अन्तरक्रिया कार्यक्रममा पनि सक्रियताका साथ भाग लिएकार्यक्रमको अन्त्यमा लोहित जिल्लाका वरिष्ठ चिकित्सा अधिकारी डा. एन्थोनी पर्टिनले सफलतापूर्वक जैविक खेतीको सम्बन्धमा तालिम प्रदान गरिदिएकोमा आइसीएआर-एनओएफआरआइका संयुक्त निर्देशकका साथै वैज्ञानिकको टोलीप्रति आभार व्यक्त गरे|तालिममा सिकिएका हरेक कुरा लोहित जिल्लाका अन्य कृषकहरूलाई अवगत गराउने उनले बताएकार्यक्रमलाई सुचारू राख्न डा. प्रिय छेत्रीडा. पदमलाल लुइँटेलआदर्श कुमारले पनि सहयोग पुर्‍याएका थिए| (पीआइबी)